ब्रेकिङ समाचार

रास्वपाका उम्मेदवार मिलन लिम्बूले गराए मनोनयन दर्ता

By धादिङ न्यूज

April 06, 2024

काठमाडौं । आगामी वैशख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूले मनोनयन दर्ता गराएका छन्।

पार्टी सम्पर्क कार्यालयबाट र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लिम्बूले उम्मेदवारी दर्ता गराएका हुन्। आजै त्यस क्षेत्रमा कांग्रेसका उम्मेदवार जितबहादुर राई र एमालेका सुहाङ नेम्बाङले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।