ब्रेकिङ समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

By धादिङ न्यूज

April 09, 2024

काठमाडौं । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नुभएको छ । प्रदेश प्रमुख तिलक परियारले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। गठबन्धनमा रहेका एमाले–माओवादी र नेकपा एसका कूल २३ सांसदले हस्ताक्षरसहित यामलालाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । कर्णालीमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयतानको शपथ भोलि गर्ने जनाएको छ ।