अर्थ/शेयर बजार

कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

By धादिङ न्यूज

April 10, 2024

काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ८०० र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।