काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद नै नेपालको निकास भएको बताउनुभएको छ ।
आज बिहीबार सुर्खेतमा आयोजित नेपाली विशेषताको समाजवाद अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको भविष्य पनि समाजवाद नै रहेको बताउनुभएको हो ।
अहिले पनि केही रूपमा समाजवाद भएको भन्दै उहाँले यो समाजवादप्रति कोही पनि सन्तुष्ट नभएको तर्क गर्नुभयो ।