अर्थ/शेयर बजार

आज सुनको मूल्य अहिलेसम्मकै महंगो, कतिमा हुँदैछ कारोबार ?

By धादिङ न्यूज

April 12, 2024

काठमाडौं । आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा एक हजार सात सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।