उद्योग /व्यापार

पेट्रोलियम डिलर्स एसोसियशन धादिङमा टंक

By Dhadingnews.com

September 12, 2013

धादिङ २७ भदौ /पेट्रोलियम एसोसियशन धादिङको अध्यक्षमा टंककुमार श्रेष्ठ निर्वाचित भएका छन् ।  बिहिबार धादिङको मासटारमा भएको भेलाले उपाध्यक्षमा टीकादत्त पाण्डे, सचिवमा देवीप्रसाद उप्रेती, कोषाध्यक्षमा दिपकान्त थपलिया सर्वसम्मत निर्वाचित भएका छन् । नौ सदसिय कार्यसमितिका सदस्यहरुमा सर्जुमान लिगल, दीपक कार्की, पुरुषोत्तम अर्याल, रमेश पाण्डे र दिलिप श्रेष्ठ रहेका छन् । पेट्रोलियम व्यवसायि राष्ट्रिय एसोसियसनका महासचिव विश्वप्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको नव निर्वाचित सदस्य दिलिप श्रेष्ठले जानकारी दिए । धादिङको पृथ्वी राजमार्गमा १६ वटा सहित धादिङ जिल्ला भरी १७ वटा पेट्रोल पम्प सञ्चालनमा रहेको छ ।