मुख्य समाचार

गजलकार प्रकट पंगेनी ‘शिव’को ७० वर्षको उमेरमा निधन

By धादिङ न्यूज

April 16, 2024

काठमाडौं । गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को ७० वर्षको उमेरमा निधन भएको छ । आज मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

उहाँ केही समयदेखि जण्डिस र निमोनियाका बिरामी हुनुहुन्थ्यो । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयो ।

कास्कीको रूपा गाउँपालिका–५ निवासी उनका श्रीमती, १ छोरा र १ छोरी छन् । शृंगारिक र प्रेमरसले भरिएका उनका चर्चित गजल छन् । भोलि बुधबार पोखरामा उहाँको अन्त्येष्टि गरिने पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।