खेलकुद

अन्तिम खेलमा नेपालले आज साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दै

By धादिङ न्यूज

April 17, 2024

काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान पौने १२ बजेबाट शुरु हुनेछ ।

यसअघिका तीन खेल जितिसकेको नेपाल एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । यसअघि नेपालले कतार, मलेसिया र हङकङलाई पराजित गरेको थियो ।

समूह एमा नेपालसँगै साउदी अरेबिया, कतार, मलेसिया र हङकङ छन् । समूह बिमा भने तीनमा तीन वटै जित निकालेको घरेलु टोली ओमान शीर्ष स्थानमा छ ।