खेलकुद

एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरियो

By धादिङ न्यूज

April 19, 2024

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ ।

यूएईविरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएको हो ।

शुक्रबार ओमानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य १७.२ ओभरमा ४ विकेट गुमाएर पुर्‍याउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।