ब्रेकिङ समाचार

कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि सार्वजनिक बिदा

By धादिङ न्यूज

April 22, 2024

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा भोलि आउँदै हुनुहुन्छ । उहाँ आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदै हुनुहुन्छ । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।