TOPSHOT - The minaret of a mosque stands behind damaged or destroyed houses following an earthquake in Moulay Brahim, Al-Haouz province, on September 9, 2023. Morocco's deadliest earthquake in decades has killed at least 1000 people, officials said on September 9, causing widespread damage and sending terrified residents and tourists scrambling to safety in the middle of the night. (Photo by FADEL SENNA / AFP) (Photo by FADEL SENNA/AFP via Getty Images)

मुख्य समाचार

आज बैशाख १२ गते, महाभूकम्पको ९ वर्ष पूरा

By धादिङ न्यूज

April 24, 2024

काठमाडौं । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर दिउँसो ११.५६ बजे ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको आज ९ वर्ष पूरा भएको छ ।

भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको थियो । बितेका ८ वर्षमा सरकारले अधिकांश व्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने धरहरा, बसन्तपुर दरबार, काष्ठमन्डप लगायतका सम्पदाको पनि पुुननिर्माण गरिएको छ । केही अझै पुननिर्माणको क्रममा छन् ।

सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । महा भूकम्पपछिको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन बाँकी छन् भने सिंहदरबार र धरहराजस्ता ऐतिहासिक संरचना निर्माण कार्य अझै बाँकी छन् ।

भूकम्पबाट विस्थापित ८ लाख ३३ हजार ८२१ घर–परिवारमध्ये आठ लाख ३२ हजार पाँच सय ८२ लाभग्राहीसँग आवास निर्माणका लागि अनुदान सम्झौता भएको थियो । त्यसमध्ये ७ लाख ४१ हजार सात सय ९८ लाभग्राहीले मात्रै सम्झौता अनुसार निजी आवास निर्माण गर्न सके । ९२ हजार २३ लाभग्राहीले भूकम्पमा ध्वस्त भएका घर निर्माण गर्न सकेका छैन ।