ब्रेकिङ समाचार

कतारका राजा स्वदेश फर्किए

By धादिङ न्यूज

April 24, 2024

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका राजा आज फर्किनुभएको हो ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित विशिष्ठ अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गरे।