ब्रेकिङ समाचार

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक: प्रधानमन्त्री

By धादिङ न्यूज

April 24, 2024

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सबै नागरिकलाई आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरुको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।