ब्रेकिङ समाचार

व्यापार व्यवसायमा महिलाहरुको सहभागिता बढाउन लाग्नुपर्छ: मन्त्री चौधरी

By धादिङ न्यूज

April 24, 2024

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले व्यापार व्यवसायमा महिलाहरुको सहभागिता बढाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बुधबार काठमाडौंमा आयोजना गरेको हिमालयन हाईड्रो एक्स्पोमा बोल्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौधरीले व्यापार व्यवसायमा महिलाहरुको संख्या न्युन रहेकाले उनीहरुको संख्या वृद्धि गर्ने कुरामा लाग्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई हतोत्साही नहुने गरी अघि बढाउन आफनो मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभयो ।