ब्रेकिङ समाचार

प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा

By धादिङ न्यूज

April 25, 2024

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले  एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिनुभएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा हुनुभएको हो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ २०७९ साल पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।