मुख्य समाचार

एक किलो सुन तथा एक करोड ४३ लाख ६० हजार नगदसहित सात जना पक्राउ

By धादिङ न्यूज

April 26, 2024

काठमाडौं । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा एक करोड ४३ लाख ६० हजार रुपैयाँ नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षका गणेशदत्त बडू र २१ वर्षका आयुष बडू, झापा बिर्तामोडका ३० वर्षका दिनेश खरेल र २२ वर्षका भरतराज खरेल तथा भारत महाराष्ट्रका ३७ वर्षका अमोल बिभुते, १८ वर्षका ऋषिकेशप्रकाश बिभुते र १८ वर्षकै गणेशसतिश बाल्टे रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उनीहरू हिजो बेलुका काठमाण्डौको इन्द्रचोकबाट पक्राउ परेका थिए । न्युरोडको एक हुन्डी गोदाममा छापा मार्दा सुन, रकम र सात जना व्यक्ति पक्राउ परेका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।