कभर फोटो

अमेरिकाको डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुने

By Dhading News

May 04, 2024

काठमाडौं । अमेरिकाको डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको हो ।

दूतावासले लेखेको छ, ‘डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ ।’ वैशाख २२ गते रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

गत अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ ।

तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ । डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला ।

इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेको दूतावासको दाबी छ ।