कभर फोटो

जनता समाजवादी पार्टी (जसपा) विभाजन

By Dhading News

May 05, 2024

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ ।

 जनता समाजवादी (जसपा) नेपाल का नेता  अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि  निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता गराइएको छ ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।

कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको छ ।