SONY DSC

कभर फोटो

डडेल्धुरामा टिप्पर दुर्घटना, धादिङका दुई जनाको मृत्यु,एक जना घाईते

By Dhading News

May 06, 2024

धादिङ २४ बैशाख । डडेल्धुरामा शनिवार भएको टिप्पर दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । मृतक दुवै धादिङका हुन । डंडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेको बागमती प्रदेश ०१(००१ क ५६५१ नम्बरको टिप्पर वडा नम्बर-४ सिरोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बेनीघाट रोराङ गाउँपालिकाका–२७ वर्षीय विष्णु विक रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

बेनीघाट रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदिप बिक र डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ बस्ने २८ हिक्मत बिक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।