अर्थ/शेयर बजार

सुन आज तोलामा एक लाख ३६ हजार चार सयमा कारोबार हुँदै

By Dhading News

May 07, 2024

काठमाण्डौ – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार छ सय ७५ रुपैयाँ कायम भएको छ ।