धादिङ– नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
सोमबारबाट सुरु भएको अधिवेशनले ५१ सदस्यीय कमिटिको चयन गरेको छ । नव निवर्नचित कमिटीको उपाध्यक्षमा वेग बहादुर सुनार, सचिवमा राजाराम पाठक, उपसचिवमा सीता दुवाडी लम्साल र सुदिप अधिकारी निर्वाचित भएका छन् । त्यस्तै पाँच सदस्यीय लेखा समिति संयोजकमा सीता खनाल निर्वाचित भएकी छन् ।
अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अघि सारिएका उम्मेदवार नगर कमिटीका निवर्तमान उपाध्यक्ष दयाराम लम्सालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । अध्यक्ष पदमा निर्वाचित श्रेष्ठ एक महिना अघि सम्पन्न भएको एमालेको नवौं जिल्ला अधिबेशनमा अध्यक्ष पदका उम्मेदवार डा.रामकुमार अधिकारीको टिमबाट उप सचिवमा पराजित भएका थिए । जिल्ला कमिटीमा पदाधिकारीमा पराजित भएका श्रेष्ठ नगर अध्यक्षमा भने सर्व सम्मत चयन भएका हुन ।
नवौं जिल्ला अधिवेशनमा देखिएको धादिङ एमालेभित्रको दुई धार नीलकण्ठ नगर अधिबेशनमा पनि स्पष्ट देखिएको थियो । नेत्तृत्व चयनमा दुई लाईन संघर्ष देखिन नहुने आम कार्यकर्ताको मत रहेपनि जिल्ला अधिबेशनले पार्टीमा दुई लाईनको शक्ति संघर्ष स्पष्ट देखाएको थियो ।