अर्थ/शेयर बजार

लगातार बढेको सुनको मूल्य आज भने ८ सयले घट्यो

By Dhading News

May 09, 2024

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ८५ रुपैयाँ पुगेको छ ।