ब्रेकिङ समाचार

संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने कांग्रेसको अडान कायमै

By Dhading News

May 10, 2024

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ ।

आज नयाँ बानेश्वरस्थित संघीय ससद भवनको ल्होत्से हलमा सम्पन्न पार्टी संसदयीय दलको बैठकले उपप्रधानमन्त्री लामिछानेको सहकारी गठीको विषय थप पुष्टि भएको दाबी गर्दै त्यसको छानविनका लागि सरकार र सत्तापक्ष सहमत नभए संसद बैठक चल्न दिन नसकिने पुरानै अडान यथावत राखेको हो ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका छानविन गर्ने काममा सरकारलाई जिम्मेवार बन्न पनि पटक पटक सचेत गराउँदै आएको छ ।