मुख्य समाचार

बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन मन्त्री चौधरीको आग्रह

By Dhading News

May 11, 2024

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएकी छन्। काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गरिन्।

संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उनले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताइन्। संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ। केही कुराहरू स्थानीय तहअनुसार फरक-फरक व्यवस्था गर्न पाउने व्यवस्था छु, उनले भनिन्, राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ। पाठ्यक्रमहरू पनि जीवन उपयोगी, अहिलेको टेक्नोलोजी अनुसार हुनुपर्छ। विद्यालय, माध्यामिक विद्यालय विद्यालय स्थानीय तहमै हुने भएकोले केही केही अधिकार स्थानीय तहमै गएको छ। बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ।’

शिक्षण सिकाई अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उनले बताइन्। शिक्षण सिकाई बालबालिका केन्द्रित हुनुपर्छ। पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ। त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ। अब हामीले जीवन उपयोगी शिक्षाहरू पनि समावेश गर्न आवश्यक छु, उनले भनिन्, ‘हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ। चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ। त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ। ‘

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उनले विद्यालयमा राजनीतिकरण भएका कारण पनि रूपमा समस्या उत्पन्न भएको हुनसक्ने बताइन्।