ब्रेकिङ समाचार

प्रतिनिधि सभा बैठक बस्दै

By Dhading News

May 16, 2024

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बिहान ११ बजे बोलाइएको बैठक अब ४ बजे बस्ने भएको हो ।

नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउने माग निरन्तर राख्दै आएको छ । यता सत्तारुढ दल छानविन समिति बनाउन तयार देखिएको छैन ।

यसैकारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन । सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरुले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन् ।