ब्रेकिङ समाचार

प्रतिनिधि सभा बैठक स्थगित

By Dhading News

May 16, 2024

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट आएको पत्र बाचन गरेर सुनाउनुभएको छ ।

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न आएका थिए ।

सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएसँगै संसदमा होहल्ला भएको थियो भने नाराबाजी अझै बढेको थियो । सत्तापक्षका सांसदहरु समेत उठेर प्रतिपक्षि सांसदहरुको प्रतिवाद गर्न थालेपछि संसद बैठकलाई सभामुखले शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभयो ।