कभर फोटो

“द पोएट आइडल”को अन्तिम चरणमा डा.मुस्कान पोखरेल

By Dhading News

May 17, 2024

धादिङ, ४ जेठ, २०८१ । कवितामाथिको पहिलो रियालिटी शो “द पोएट आइडल”को दोस्रो सिजन अन्तिम चरणमा आइपुगेको छ । आइडलको फाइनल राउन्डमा धादिङको माटोमा हुर्किएकी डा. मुस्कान पोखरेल सहित चार जना प्रतिस्पर्धामा छन् । विजेताले नगद १० लाख रुपैयाँ र कविता कृति प्रकाशनको सम्झौता पाप्त गर्ने छन् । साथमा अन्य पुरस्कारहरु पनि रहेको आयोजकले जनाएको छ ।

३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नतिजा सार्वजनिक हुँदैछ । रियालिटी शो हिमालय टेलिभिजन र OSR Reality  युट्युब च्यानलमार्फत शनिबार राति ८ बजेदेखि प्रत्यक्ष प्रसारण हुंदै आईरहेको छ । नतिजा सार्वजनिक हुने दिन साँझ ७ बजेसम्म भोटिङ लाइन खुल्ला रहने आयोजकले । जेठ १ गते मङ्गलबार रातिबाटै भोटिङ खुल्ला भइसकेको छ । उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा रहेका चारै जना कविहरुले यतिबेला सामाजिक सञ्जालमार्फत आफ्नो भोट अभियानलाई तीव्र पारेका छन् ।

फाइनल प्रवेश गरेकी कवि डा. मुस्कान पोखरेलको स्थायी ठेगाना झापाको कन्काई  भए पनि उनको बाल्यकाल धादिङको सदरमुकाम धादिङबेसीमा बितेको हो । बुबा खेमराज पोखरेल सरकारी जागिरको सिलसिलामा धादिङ आएपछि उनको परिवार धादिङबेसीमा बसेको थियो। प्ले ग्रुप देखि एसएलसी सम्मको पढाई सदरमुकामको एड्भान्स एकेडेमीबाट  २०६८ सालमा पुरा गरेकी मुस्कान उच्च शिक्षाका लागि काठमाण्डौं हुंदै बंगलादेश पुगेर अहिले डाक्टर मुस्कान बन्न सफल भएकी छिन ।

मेडिकल डाक्टर  तिनै डाक्टर मुस्कान पोखरले यतिबेला कविता मार्फत आफ्नो छुट्टै पहिचान बनाएर देश विदेशमा चर्चामा आएकी छिन् । पोखरेल परिवार अहिले भक्तपुर जिल्लाको सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा बस्दै आईरहेको छ ।

डा. मुस्कान पोखरलले आईडलको विजेता बन्न अब भोट पाउनु पर्नेछ । भोटबाट अरु प्रतिस्पर्धिलाई पछि पार्न सकेमा विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छ । मुस्कान सँग रहेका अन्य प्रतिस्पर्धीहरुमा विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् । मुस्कान पोखरेललाई भोट दिएर जिताउन चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईले आफ्नो मोबाईलको एप स्टोर अर्थात प्लेस्टोरमा गएर मा OSR connect एप डाउनलोड गर्नुपर्छ ।  त्यसपछि The Poet Idol  क्लिक गर्ने र मुस्कान पोखरेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । गरेर भोट दिन सक्नुहुनेछ । यसरी भोट दिन तपाईलाई झण्झटिलो लागेमा क्युआर कोड स्क्यान गरेर पनि भोट दिन सक्नुहुनेछ ।

२०८० सालको माघ २९ गते सोमबारबाट हिमालय टेलिभिजनमा पोएट आइडलको प्रसारण सुरु भएको थियो ।