मुख्य समाचार

अमेरिकामा आएको आँधीका कारण १५ जनाको मृत्यु

By Dhading News

May 27, 2024

एजेन्सी । अमेरिकामा तेज गतिमा आएको आँधीका कारण १५ जनाको मृत्यु भएको छ । आँधीले सयौं घरहरु ध्वस्त हुनुका साथै बिजुली आपुर्ति बन्द भएको छ ।

अमेरिकाको टेक्सासमा ७, अर्कान्सासमा ५, ओक्लाहोमामा २ र केन्टकीमा १ जना गरी १५ जनाको मृत्यु भएको हो । सबै राज्यमा गरी सय जनाभन्दा बढी घाइते भएका छन् ।

घरका छानाहरु उडाउनुका सयौं सवारी साधनहरु पनि नष्ट भएका छन् । घरका भग्नावशेष र सवारीसाधनमा फसेकाहरुको उद्धारकार्य जारी छ । काउन्टीका विभिन्न क्षेत्रमा रहेको पेट्रोल स्टेशन पुर्णरुपमा ध्वस्त भएका छन् । अमेरिकाका विभिन्न राज्यका १० औं हजार मानिस बिजुलीविहीन अवस्थामा पुग्दा जनजीवन प्रभावित भएको छ ।

यसैबीच अमेरिकाको इन्डियानापोलिसमा आयोजना गरिएको दौड प्रतियोगिता हेर्न पुगेका दर्शकहरु भारी वर्षा र चट्याङ आएपछि अलपत्र परेका थिए ।