अर्थ/शेयर बजार

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

By Dhading News

May 28, 2024

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष नयाँ गन्तव्यको पहिचान र विकाससमेत गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको जानकारी गराउनुभएको हो । अघिल्लो आर्थिक वर्ष १० लाख पर्यटक नेपाल आएका थिए ।