कभर फोटो

सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको  ७१ बर्ष पुग्यो

By Dhading News

May 29, 2024

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको  ७१ बर्ष पुगेको छ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको दिनको सम्झनामा नेपाल सरकारले मे २९ तारिख लाई प्रत्येक वर्ष सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रूपमा मनाउने भएको छ ।

 यसैबीच बुधबार  विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ । सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

 पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाइन्  भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बन्यो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा दिवस मनाउने घोषणा गर्दै त्यसअवसरमा हिमाली पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घ संस्थालाई सम्मान गरिने जनाइएको थियो ।