अर्थ/शेयर बजार

सुनको मूल्य आज तोलामा एक लाख ३८ हजार २ सयमा कारोबार हुँदै

By Dhading News

May 29, 2024

काठमाण्डौ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ ६ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।