ब्रेकिङ समाचार

अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व: मन्त्री तामाङ

By Dhading News

June 02, 2024

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपाल भौगोलिक र जनसांख्यिक रुपले सानो मुलुक भए पनि अभौतिक सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएको बताउनुभएको छ ।

आज ललितपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धि राष्ट्रिय परामर्श गोष्टीमा बोल्दै मन्त्री तामाङले यस्तो बताउनुभएको हो ।

हाम्रो भौगोलिक, जातिय, भाषिक एवं सांस्कृतिक विविधता भित्र हाम्रो धेरै सांस्कृतिक सम्पदाहरु रहेको भन्दै मन्त्री तामाङले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय एवं प्रतिवेदन तयारीमा सहभागी रहेका सबै पक्षलाई मन्त्री तामाङले शुभकामना पनि दिएका थिए।