ब्रेकिङ समाचार

मधेश प्रदेशको मुख्‍यमन्त्रीमा सतिश सिंह

By Dhading News

June 07, 2024

काठमाडौं । मधेश प्रदेशको मुख्‍यमन्त्रीमा जनमत पार्टीका प्रदेश सांसद सतिश सिंह नियुक्त हुनुभएको छ । ६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएपछि उहाँले आज बिहानै दाबी पेस गर्नुभएको थियो ।

भागबण्डाअनुसार एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन, नेकपा एसले कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ।