मुख्य समाचार

गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्छ: अमेरिका

By Dhading News

June 08, 2024

एजेन्सी । अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको आक्रमणमा कम्तिमा ३५ प्यालेस्टाइनी नागरिकको मृत्यु भएपछि अमेरिकाले पारदर्शिताको सवाल उठाएको हो । संयुक्त राष्ट्रसंघद्धारा संचालित उक्त विद्यलायमा हमास लडाकु समुहले आश्रय लिइरहेको इजरायलको भनाइ छ ।

इजारयली लडाकु विमानले हिजो नुसेरात शहरको शरणार्थी शिविरमा रहेको विद्यालयको माथिल्लो तल्लामा रहेको कक्षाकोठालाई निशाना बनाएको थियो । अमेरिकाले पारदर्शिताको कुरा उठाएपछि इजरायलले यो हमलामा हमासमा नौ जना लडाकु मारिएको दाबी गरेको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले १४ बालबालिका र नौ महिलासहित ४० जनाको मृत्यु भएको र ७४ जना घाइते भएको बताएको छ । गाजाको अर्को सहर रफाहमा इजरायली हमलामा ४५ जनाको मृत्यु भएको एक सातापछि यो हमला भएको हो ।