रोजगारी/समृद्धि

अन्तरराष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डिसीमा हुने

By Dhadingnews.com

September 15, 2013

 

अमेरिका /  ए. एन. ए. नेपाली साहित्य प्रतिष्ठान , उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ/ प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो/

अगामी जुलाईमा डिसी मेट्रोमा हुने ए . एन . . को ३२ औं सम्मेलनका अवसर पारेर गरिने सम्मेलनमा नेपाली साहित्यका प्रतिनिधि व्यक्तित्वको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ

तीनदिने सम्मेलनमा कार्यपत्रप्रस्तुत, कविता बाचन तथा अन्तरक्रिया लगायतका कार्यक्रम रहने छन/ यसैगरि बैठकमा प्रतिष्ठानले हालै मात्र बैधानिकता प्राप्त गरेको जानकारी गराउदै वर्तमान  कार्यसमितिलाई नै आगामी कार्यकालका लागि निरन्तरता दिने निर्णय पनि गरेको छ / बैठकले हालै  न्युयोर्कमा सम्पन्न अन्तरराष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत कबिहरू नेपालमा नै रहेकाले यथासिघ्र काठमाडौँमा कार्यक्रम गरि पुरस्कार समर्पण गर्ने निर्णय पनि गरेको छ/ प्रतियोगितामा पदम गौतम , हरिमाया भेटवाल, ईश्वरमणि  अधिकारीले   क्रमश: प्रथम, दितीय र तृतीय भै एक हजार, तीनसय र दुईसय डलर नगद पुरस्कार प्राप्त गरेका थिए. /

बैठकमा प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठ, उपाध्यक्ष विनोद रोका,  महासचिव हेमन्त श्रेष्ठ तथा सदस्यहरू गोविन्दसिंह रावत, गोबर्धन पूजा, बिटु केसी ,कृष्णमुरारी ढुंगेल, निलम कार्की  निहारिका लगायतको सहभागिता रहेको थियो/