खेलकुद

विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द

By Dhading News

June 12, 2024

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । 

अमेरिकाको फ्लोरिडामा नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षा कारण सम्भव नभएपछि टस समेत नभइ खेल रद्द भएको हो ।

लगातारको वर्षाले मैदान खेल्न अयोग्य रहेका कारण खेल सम्भव नभएको हो । योसँगै दुवै टिमले समान एक अंक बाँडेका छन् । नेपालसँगको खेल रद्द भएसँगै श्रीलंकाको सुपर–८ मा पुग्ने सम्भावना समाप्त भएको छ । 

समूह ‘डी’ मा दुई खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब समूह चरणको तेस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग र चौथो खेल सोमबार बंगलादेशसँग खेल्नेछ ।

यता, श्रीलंकाले भने तीन खेलमा एक अंक जोडेको छ ।