कभर फोटो

मनाङको थोराङ्ला भञ्ज्याङमा धादिङ फुलखर्कका हरि अधिकारीको मृत्यु

By Dhading News

June 13, 2024

 धादिङ- मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभावका कारण ) धादिङका एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्। एक नेपाली पर्यटकको रुपमा  अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा धादिङ गंगाजमुनाका अधिकारीको मृत्यु भएको मनाङको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनु भयो ।

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याईएको छ ।