कला /साहित्य /संस्कृति

चौतारी

By Dhading News

June 17, 2024

– मोहराज शर्मा

 

थकाई मार्ने बिसौनी मात्र होइन अघिल्लो कदम चाल्न उर्जाको सञ्चार गराउने यात्राको सञ्जिवनी हो चौतारी । स्कूलको छानो नपर्दासम्म केटाकेटीहरुले कखरा सिक्दै गर्ने खुला पाठशाला हो चौतारी । कसैमाथि अन्याय हुँदा थिचोमिचो हुँदा हेलाहोचो हुँदा कचहरी बसेर छिनोफानो गर्ने न्यायालय हो चौतारी । दुल्हन फर्काउन हिँडेका नवजोडीले साँझ पर्खेर चुम्बन साट्ने मात्र होइन पिपलमा प्लस लेखेर तन्नेरीहरुले प्रेमको संकेत गर्ने प्रेमालय हो । चौतारी । पिपलको फेदमा काँचो धागो बेरेर आमाले सूर्यलाई अर्घ चढाउने आस्थाको खुला मन्दिर हो चौतारी । अफशोच डोजर पसेपछि खल्कियो गाउँ । भत्कियो चौतारी ढल्यो पुर्खौंदेखि प्राणवायु दिइरहेको वर पिपल ।।