कभर फोटो

कार भित्र भेटिएको शंकास्पद झोलामा थोत्रा कपडा

By Dhading News

July 03, 2024

सदरमुकाम धादिङबेसी बिचबजार चोक नजिक पार्किङ गरी राखेको सवारी साधन भित्र भेटिएको ब्रिफकेसमा पुराना कपडा फेला परेको छ । बुधबार दिउसो एक युवकले शंकास्पद झोला छाडेर हिंडेपछि दिनभर झोला भित्र बम भएको हुन सक्ने आशंकाले बजारक्षेत्रको जनजिवन आतंकित हुन पुगेको थियो ।

त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठले घर अगाडी रोकेर राखेकोे बा १६ च ९१७२ नम्बरको गाडीमा अन्दाजी ३०÷३५ बर्ष जतिका एक पुरुषले सुटकेश राखेर फरार भएपछि वजार क्षेत्रमा तनाव भएको हो । बिशेष सुरक्षा टोलीले ५ घण्टा लगाएर शंकास्पद बस्तुको अनुसन्धान गरी नष्ट गर्दा झोला भित्र कुनै विष्फोटक बस्तु नभई थोत्रा कपडा, सुर्ति र चिजवलको पोका फेला परेको हो । शंकास्पद बस्तु फेलापरेपछी बिचबजार बजार क्षेत्र सिल गरिएको थियो भने दिनभर धादिङबेशी बजारमा तनावको स्थिति सिर्जना भएको थियो । शंकास्पद बस्तु मोटर भित्र राखेर भाग्दै गरेको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानकोट तिलहारका एक पुरुषलाई प्रहरीले पृथ्वीराजमार्गको फुर्केखोलाबाट नियन्त्रणमा लिएको धादिङका प्रहरी उपरिक्षक गौतम केसीले धादिङ न्यूजलाई जानकारी दिनुभयो ।