कभर फोटो

गायिका कमला घिमिरे अब फिल्ममा

By Dhading News

July 09, 2024

काठमाडौं । सानै उमेरमा गीत गाएर चर्चा कमाएकी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ साङकोषकी गायिका कमला घिमिरे फिल्ममा डेब्यू गर्ने भएकी छन् । रूना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको सो फिल्ममा कलाकारको रुपमा कमलाअनुबन्धित् भएकी हुन् ।

बाबु साहेब बलामीले निर्देशन गर्ने फिल्म ’माइली’ टिमले कमलाको पोस्टरलुक समेत सार्वजनिक गरेको छ ।

गायिका कमलाको ‘चिया छानेको, लरिलरिलै, धनगढीको बसमा’ लगायतका गीतहरू चर्चित छन्।

यही असारको अन्तिमबाट फ्लोरमा जान लागेको सो फिल्मका लागि करिश्मा मानन्धर र प्रियंका कार्की पनि अनुबन्धित भइसकेका छन्।