कभर फोटो

ठमेल पर्यटन परिषद्को अध्यक्षमा ध्रुव अधिकारीको उम्मेदवारी (प्यानलसहित)

By Dhading News

July 10, 2024

काठमाडौँ ,२६ असार। ठमेल पर्यटन परिषद्को अध्यक्षमा पर्यटन व्यवसायी धादिङ त्रिपुरासुन्दरीका ध्रुव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन । ठमेल समृद्ध बनाउने हुटहुटी बोकेका अधिकारीले प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

बुधबार काठमाडौँमा भएको एक कार्यक्रममा अधिकारीको तर्फबाट परिषद्को प्रथम उपाध्यक्षमा तेन्जिङ लामा, द्धितिय उपाध्यक्षमा राजिव पाण्डे, उपाध्यक्षमा श्रीकृष्ण थपलिया, महासचिवमा सोजेस मालाकार, सचिवमा पूण्यराम लगेजु र कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी घोषणा सभामा चन्द्र रिजाल, डा रामशरण थपिलया र मदन भण्डारीले सम्बोधन गरेका थिए ।

उम्मेदवारी घोषणासँगै चुनावी प्रचारका लागि प्रषयराज भण्डारीको संयोजकत्वमा एक समितिमा समेत घोषणा गरिएको छ । जसको सहसंयोजकमा राजन श्रेष्ठ, सबु तामाङ र राम खड्का रहेका छन । सदस्यहरूमा दीपक दाहाल, घ्रुव धरेल, जीवन थपलिया, गोपाल श्रेष्ठ, बिष्णु लम्साल, हरिशरण जम्बट्टेल र इश्वर शर्मा रहेका छन ।

चुनावी अभियान सफल बनाउन डा रमशरण थपलियाको संयोजकत्वमा अर्को सल्लाहकार समिति समेत गठन भएको छ । जसको सदस्यमा सञ्जिवमान प्रधान, मनोजन रञ्जित, समिर गुरूङ, महेश महर्जन, श्रीशाही र प्रदीप श्रेष्ठ रहेका छन ।