कभर फोटो

सिमलतालमा पहिरोमा पुरिएर बस त्रिशूली नदीमा हराउँदा ५० यात्रु वेपत्ता

By Dhading News

July 12, 2024

धादिङ-  नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोले पुरिएर दुईवटा बस नारायणी नदीमा हराउँदा ५०जना यात्रु वेपत्ता भएका छन् । पहिरोमा परी बगेका दुईवटा बसमा कम्तीमा ५० भन्दा बढि  यात्रु रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनको सिमलताल भन्ने ठाउँमा  पहिरो खस्दा चितवनबाट काठमाडौं आउदै गरेको र काठमाडौंबाट गौर जाँदै गरेको बस पहिरोमा बगेर नारायणी नदीमा परेका हुन् । दुवै बसमा गरी कम्तीमा ५० जना यात्रु नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । वेपत्ताहरुको खोजीका लागि स्थानीयबासिन्दा, नेपाल प्रहरी,शसस्त्र प्रहरी र गोताखोरको परिचालन गरिएको छ ।