प्रदेश

फुटबल खेलाडीलाई २ लाख ५० हजार

By Dhadingnews.com

September 16, 2013

काठमाडौ, ३१ भदौ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आठौं साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेबापत् नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यलाई जनही २ लाख ५० हजार पुरस्कार दिएको छ । सोमबार  दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बीच एन्फाले खेलाडीलाई पुरस्कृत गरेको हो ।