संविधानसभा चुनाव अझै अन्योलमै देखिन्छ ? मिति घोषणा भइसकेको अवस्थामा पनि किन शंका, उपशंका देखिएको ?
अन्योल र केही आशंका भए पनि घोषित मिति (४ मंसिर) मा चुनाव हुन्छ । यो मिति कुनै दल विशेषले घोषणा गरेको होइन । अहिलेको राजनीतिक आवश्यकताले तय भएको हो । मुलुक रिक्त अवस्थामा रहन सक्दैन । ‘लिक’भन्दा तल झरेको संवैधानिक र राजनीतिक प्रक्रियालाई ‘लिक’मा ल्याउन चुनाव मात्र उपाय हो । तर चुनौती त छन् नि ? नेकपा–माओवादीले चुनावको मिति सार्नुपर्ने, सरकार विघटन गर्नुपर्ने जस्ता माग राखेको छ, ती माग पूरा हुन्छन् त ? आन्दोलनरत दल पनि चुनावमा आउँछन् भने ४ मंसिरको चुनावको मिति सार्दा के फरक पर्छ ? पार्टी विशेषको आह्वानमा कतिपय मानिसले मतदाता नामावलीमा नाम दर्ता नै गरेका छैनन् नि ? निर्वाचन आयोगले घोषित ‘क्यालेन्डर’ अनुसार कार्यक्रम अगाडि बढाउनुपर्छ । आयोगले कार्यक्रम अगाडि बढाउनु माओवादीसँग मत नमिल्ने दलहरूको स्वार्थको मात्र कुरा होइन । यो त जनताको अधिकारको कुरा हो । देशको आवश्यकता हो । जनताको अधिकार र देशको आवश्यकतालाई अप्ठ्यारो पार्ने हिसाबले ‘खबरदार मतदाता नामावलीमा नाम नलेखाऊ’ भन्ने तपार्इं, हामी को हौँ, ‘लेख्यौ भने खुट्टा भाच्छौँ, हात भाच्छौँ’ भन्ने ? यो लोकतान्त्रिक कुरा भएन । राजनीतिक मान्यता हुन सक्छ । त्यो राख्नुस् तर ‘मतदाता नामावलीमा नाम नलेखाउनुस्, कार्यक्रम रद्द गर्नुस्’ भनेर युद्धको धम्की दिने हिसाबले कुरा गर्नुभयो भने त्यसलाई मान्न सकिँदैन । सहमतिका लागि छलफल त भइरहेको छ, यदि नेकपा माओवादीले बहिष्कार गर्यो भने पनि चुनाव त हुन्छ होइन ? भोलिका दिनलाई हेरेर नेकपा–माओवादीलाई एकीकृत माओवादीले चुनावमा नआओस् भन्ने चाहेको छ भन्ने छ नि ? तपार्इं उच्चस्तरीय छलफलमा पनि सहभागी हँुदै आउनुभएको छ, यस्तै हो या आरोप मात्र हो ? त्यो कोणबाट पनि छलफल भएको मैले सुनेको छु । विभिन्न पार्टीमा फलानाले बहिष्कार गरिदिए भने बहिष्कार गर्ने त सय, पचास हुन्छन्, बाँकीले हिजोको पृष्ठभूमिका हिसाबले अरूले त भोट दिइहाल्छन् । आफ्नै बाक्सामा भोट आउँछ भन्ने केही मान्छेले चर्चा गरेको मैले पनि सुनेको छु । त्यस्तो तुच्छ हिसाबले परिस्थितिको गम्भीरतालाई बुझ्न खोजिएको हो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ । एकीकृत माओवादी पनि नेकपा –माओवादी चुनावमा आओस् भन्ने चाहन्छ त ? एमाले पनि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी चुनावमा नआओस् भन्ने चाहन्छ होइन ? अशोक राईजीको नेतृत्वमा पार्टी दर्ता भयो भन्ने सुन्नमा आएको छ । दर्ता त झन्डै डेढ सयवटा दल भएका छन् । म के बुझ्छु भने निर्वाचन आयोगमा दर्ता भएर कुनै एक ठाउँमा कार्यालय खोल्दैमा पार्टी भइहाल्दैन । सिपी मैनालीले नेतृत्व गरेको पार्टीमा विघटित संविधानसभामा केही सभासद् त थिए, नेकपा (संयुक्त) छ, ती पार्टीको रूपमा थिए । जनताको अभिमत पाएर उनीहरू पार्टी गणना भएका थिए । अहिले को बहादुर को प्रसादले कुनकुन नाथका पार्टी दर्ता गरेका छन्, त्यो एउटालाई गणना गरेर ‘फलानो पार्टी’ भन्ने म ठान्दिनँ । निश्चित कोर्स पूरा गरेपछि मात्र पार्टी हुन्छ । एमाले आफ्नो स्वतन्त्र विचारको आधारमा चुनावमा जान्छ । त्यसकारणले कोही आयो भने हाम्रो अलिकति कट्टा हुन्छ भनेर एमालेले ठानेको हो कि भनेर कसैले भन्छ भने त्यो वस्तुस्थिति नबुझ्नेहरूले सोच्ने कुरा हो । चुनाव त आइसक्यो, अरू पार्टीको भन्दा एमालेको फरक विषय के छ जनतामाझ लाने ? एमालेले बनाउने संविधान कस्तो हो ? संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, सामाजिक न्यायलगायतका विषय मुख्य रूपमा आउँछन् । हामीले बनाउने लोकतान्त्रिक अग्रगामी संविधान हो । जनपक्षीय संविधान हो । नयाँ संविधानमा हामी के राख्छौँ भन्ने कुरा चुनावका वेला जनतामाझ लैजान्छौँ । दोस्रो, अघिल्लो संविधानसभामा सहमति भएका विषय केके थिए, त्यसमा आधारभूत रूपमा हामी उभिन चाहन्छौँ । सहमति हुन बाँकी रहेका जुन विषय छन्, त्यसमा छलफल केन्द्रित गर्न चाहन्छौँ । संविधानसभामा छलफल गरेर पनि पहिलेजस्तै समाधान भएन भने त्यस्तो वेलामा कतिपय महत्त्वपूर्ण राष्ट्रिय मुद्दा जनताको बीचमा लगेर पनि टुंग्याउनुपर्ने हुनसक्छ । एमालेले जनमत संग्रहसम्म सोचेको हो ? अहिले नै जनमत संग्रहसम्ममा जान्छौँ भनेर यावत विषय ‘ओपन’ गर्ने कुरा पनि होइन । जनमत संग्रहको प्रसंग मैले कतिवेला उठाएको भने नयाँ बन्ने संविधानमा राजनीतिक दलबीचमा सहमति बनेन भने अन्तिम फैसला गर्ने थलो त्यो हो भन्न खोजेको हँु । जनमत संग्रहमा जाने भए संविधानसभा चुनावमा किन जाने जस्ता कुरा आउँछन्, मैले यसरी भनेको होइन । दल उही, पात्र पनि उही संविधान चाहिँ कसरी बन्छ त ? पहिलो त प्रतिकूल राजनीतिक शक्ति सन्तुलन, अनुकूल राजनीतिक शक्ति सन्तुलनमा परिणत हुनुपर्यो । दोस्रो, नयाँ बन्ने संविधानमा विगतको सहमतिप्रतिको हाम्रो प्रतिबद्धता र नयाँ विषयप्रति सहमतिका लागि हाम्रो अडान र लचकता त्यो हामी प्रस्टसँग राख्छौँ । तेस्रो, यो संविधानसभाले ६ महिना वा एक वर्षभित्र काम सक्नुपर्छ । त्यसवेलासम्ममा विषयमा सहमति बनेन भने अनन्त ढंगले यही सिलसिला चलाइरहने र मौका मिलेपछि फेरि म्याद बढाउने कुरा अब हुन सक्दैन । म्याद सकिएपछि संविधानसभा संसद्मा रुपान्तरण हुनुपर्छ । र, विवादित विषयको टुंगो जनतामा गएर लगाइनुपर्छ । संघीयताको विषयमा एमाले आफैँमा स्पष्ट छैन, बहुपहिचान भनेको छ, त्यो के हो, त्यहाँ कति प्रदेश हुन्छन् केही पनि छैन, यस्तो अवस्थामा जनतालाई के भन्ने ? मान्छे अल्मलिनै पर्दैन । हामी एकल जातीय राज्यको पक्षमा छैनौँ । एमाले संघीयताको पक्षमा छ । पहिचान र सामथ्र्यको आधारमा संघ बन्नुपर्छ । भाषा, संस्कृति, जाति, इतिहास र भौगोलिक निरन्तरता पहिचानको आधार हो । प्रदेश त बन्ला तर त्यो प्रदेश धान्न सक्ने अवस्था छैन भने के हुन्छ ? त्यसकारण संघीयता पहिचान र सामथ्र्यका आधारमा हुन्छ । प्रदेश कतिवटा ? पहिला सैद्धान्तिक रूपमा एक ठाउँमा आउनुपर्यो । हामी चुनावमा जाँदा घोषणापत्रमा यस आधारमा प्रदेश बन्नुपर्छ, यो आधारमा बन्ने प्रदेश यतिवटा भनेर हामी ठोस प्रस्ताव लिएर जान्छौँ । हामीले अहिले सैद्धान्तिक आधार मात्र राखेका हौँ । विज्ञका सुझावका आधारमा कसरी यसलाई संघमा विभाजित गर्ने भन्ने प्राविधिक कुरा हो, राजनीतिक दलका नेताहरू बसेर मात्र पनि हुँदैन । प्राविधिक विषय पनि भएकाले विज्ञसँगको छलफलका आधारमा टुंग्याउनुपर्छ भनेको हो हामीले । कति प्रदेश, प्रदेश विभाजनको मापदण्ड र आधार हामी स्वतन्त्र रूपमा किटान गरेर जनतामाझ जान्छौँ । यत्ति हो– हाम्रो जस्तो मुलुकमा धेरै प्रदेश हुन सक्दैनन् । एमाले पहिलो पार्टी र लोकतान्त्रिक शक्तिको दुईतिहाइ मत आउँछ भन्ने एमालेको बुझाइ छ, त्यसका लागि एमाले एक्लै चुनावमा जान्छ या तालमेल हुन्छ ? भनेपछि एकीकृत माओवादीसँग पनि तालमेल हुन सक्ने भयो ? कुनै पार्टी विशेषमा हामीले सोचेका छैनौँ । लोकतान्त्रिक संविधान बनाउने सन्दर्भमा सार्वजनिक भएका घोषणापत्रका आधारमा जोसँग हाम्रो नजिकको सम्बन्ध हुन्छ, त्योसँग तालमेल हुन सक्छ । कांग्रेससँग कुनै न कुनै रूपमा एमालेको मोर्चाबन्दी हुन्छ भन्ने पनि छ नि ? मोर्चाबन्दीको कुरा होइन । हाम्रा आफ्ना एजेन्डा लिएर जान्छौँ । एजेन्डाहरू कोसँग अलि नजिक हुन्छन्, कतिपय स्थानीय तहमा त्यस्ता कुरा होलान् । केन्द्रीय तहमा चाहिँ मोर्चा बनेर चुनाव लड्ने होइन, त्यो सम्भावना देखिरहेको छैन । आन्तरिक रूपमा नै एमालेका नेता एकताबद्ध नभएको जस्तो देखिन्छ नि ? पार्टीभित्र विचार विविधता र बहस हुन सक्छन् । कहिलेकाहीँ हाम्रा विविधता अस्वस्थ ढंगले पनि बाहिर आएका छन् । त्यसकारण एमालेभित्र के भएको होला ? कस्तो भएको होला ? भनेर मान्छेहरूलाई खुल्दुली पनि लाग्ने गरेको छ । सञ्चार माध्यमले यी चिजलाई आकर्षक रूपमा पस्कने पनि गरेका छन् । हामीभित्र छलफल बहस पनि भएको हो । तर, एमालेभित्रको एकताको आवश्यकतालाई कसैले पनि इन्कार गर्न सक्दैन । त्यसकारण हाम्रा सबै नेता अध्यक्ष, उपाध्यक्षहरू, वरिष्ठ नेता, अरू कतिपय वरिष्ठ साथीहरू सबै यतिवेला एमाले एकताबद्ध रूपमा प्रस्तुत हुनुपर्छ भनिरहनुभएको छ । एमालेका लागि अहिले दुइटा महत्त्वपूर्ण वेला छ । पहिलो, भनेको आउँदो चुनावमा एमाले एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । उच्चस्तरको समझदारीका साथ प्रस्तुत हुनुपर्छ । दोस्रो, आइरहेको महाधिवेशनमा एमाले एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । यी दुवै महत्त्वपूर्ण अवसरमा एमाले एकताबद्ध भएर प्रस्तुत हुनेछ । अहिलेको राजनीतिक तरलताले संक्रमणकाललाई जसरी लम्ब्याइरहेको छ । यसका कारण मुलुक दिनदिनै संकटमा जाकिँदै छ । यस्तो वेलामा एमालेले महत्त्वपूर्ण राष्ट्रिय एजेन्डामा आफूलाई एकताबद्ध रूपमा प्रस्तुत गर्नुपर्छ । देशभरका एमालेका कार्यकर्ताले यही माग गरेका छन् । एमालेलाई संविधानसभा चुनावभन्दा बढ्ता महाधिवेशन लागेको जस्तो देखिन्छ नि ? महाधिवेशनको वर्ष हो यो । महाधिवेशन गर्नु नै छ । महाधिवेशनसँग गाँसिएका कतिपय विषयमा साथीहरूले छलफल गर्नुभयो होला । तर, यतिवेला चुनावमा एकताबद्ध भएर लाग्ने, केन्द्रित भएर लाग्ने वेला हो । महाधिवेशनको तिथि मिति जुन वेला घोषणा हुन्छ, त्यस वेला हामी बहस छलफल गरौँला । राष्ट्रिय मञ्चबाट सबै कुराको फैसला गरौँला ! संविधानसभा चुनाव सम्पन्न भएपछि महाधिवेशनको मिति घोषणा हुन्छ कि त्योभन्दा अगाडि नै हुन्छ ? हामी ०७० सालभित्र महाधिवेशन गर्छांै । फागुनभित्र गर्नुपर्छ । महाधिवेशनलाई चाहिने, महाधिवेशनसँग गाँसिएका कतिपय विषयमा हामी तयारी दुई पक्ष त खुलि नै सके, महासचिवलगायतको एक तप्का नखुलेको अवस्था छ, यो तप्का जता लाग्छ, उतै पल्ला भारी हुन्छ भन्ने साँचो हो ? मान्छेले केके भन्छन्, मैले सुन्न, पढ्न पाएको छैन । मैले बुझेको पनि छैन । तर, म एमालेको एउटा जिम्मेवार कार्यकर्ताको हिसाबले के भन्न चाहन्छु भने यतिवेला एमालेभित्र उच्चस्तरको समझदारीको जरुरत छ, सहमतिको जरुरत छ । एमालेको कुन नेताले कुन पद पाउने वा नपाउने भनेर हानथाप गर्ने वेला यो होइकन । सिंगो मुलुकले एमालेसित जुन आशा अपेक्षा गरेको छ, एमालेले त्यो आशा अपेक्षालाई आफ्नो क्षमता प्रदर्शन गरेर पूरा गर्नुपर्ने आवश्यकता छ । त्यस्तो वेलामा एकताबद्ध एमालेको जरुरत छ । त्यस्तो एमाले उच्चस्तरको समझदारीले मात्र प्राप्त हुन सक्छ । त्यसकारण यो प्यानल त्यो प्यानल भन्नुपर्ने जरुरी छैन । आउने नवाँै राष्ट्रिय महाधिवेशन एउटा सहमति र समझदारीको महाधिवेशन हुनेछ । एमालेको भविष्यका लागि र देशको भविष्यका लागि त्यो ठाउँमा पुग्नैपर्छ । सहमतिको नेता को हुने भन्ने पो जटिल होला नि होइन ? नामै सहमतिको नेता भनेपछि योजनाबद्ध ढंगले सहमति गर्ने कुरामा हामी लाग्नुपर्यो । अहिलेसम्म यसमा हामी लागेका छैनौँ । विषयमा केन्द्रित भएर हामी छलफल गराँैला । पार्टी नेताको व्यवस्थापनको कुरा पनि आउँछ । विचारलाई व्यवस्थित बनाउनुपर्ने कुरा पनि छन् । सांगठनिक विषयलाई व्यवस्थित बनाउने कुरा पनि छन् । बदलिएको अवस्थामा कम्युनिस्टहरूको कार्यशैली, आचरण कस्तो हुनुपर्छ भन्ने पनि हामीले टुंगो गर्नुपर्नेछ । सहमति समझदारी भनेको पदको बाँडफाँडको विषय मात्र होइन । अबको एमाले नेतृत्वमा पुरानै अनुहार दोहोरिन्छ, नयाँ अनुहार आउँछ वा दोस्रो पुस्तामा जान्छ ? नेतृत्व भनेर कार्यकारी प्रमुख भन्न खोज्नुभएको होला । यो हानथाप गर्नुपर्ने वेला नै होइन । होलो खुकुलो भएका वेला जरकमरक गरौँ न त भन्ने पनि वेला होला । जे निर्णय भए पनि, जसले नेतृत्व गरे पनि, सहमति र समझदारीअनुसार जानुपर्छ । व्यवहारमा त कहीँ कतै त्यस्तो देखिँदैन नि ? आगामी नेतृत्वको विषयमा तपाईंले पनि त केही सोच्नुभएको होला ? विभिन्न नेताले अध्यक्षको दाबी गरिरहँदा महासचिवले किन नगर्ने भन्ने कुरा गरेको मैले ? साथीहरूले अनेक ढंगले छलफल गर्लान् । तर, म अहिले पनि भन्छु, यो मैले होसियारीपूर्वक ‘डिप्लोम्याटिक’ उत्तर दिएको होइन । मेरो मनभित्रको कुरो मैले बताएको हो, कुनै पनि कम्युनिस्ट पार्टी, अझ हाम्रो जस्तो प्रजातान्त्रिक अभ्यासमा संलग्न भएको पार्टीका लागि नेतृत्वमा पुग्न परिस्थितिले अनुमति दिनुपर्छ । आवश्यकताले माग गर्नुपर्छ । र, विश्वासको आधारमा बुझिनुपर्छ । त्योभन्दा अर्काे हिसाबले दाबी गरेर, फाँफाँ र फुँफुँ गरेर नेतृत्व पाउने कुरा कसैका लागि पनि सम्भव हुँदैन । पार्टीले जनताको बहुदलीय जनवादअनुसार चलेको बताइरहँदा त्यसभित्र पनि विवाद भयो नि ? जनताको बहुदलीय जनवाद एउटा वैज्ञानिक विचार हो । यसमा गतिशीलता छ । जनताको बहुदलीय जनवाद जुन वेला औपचारिक ढंगले सूत्रबद्ध भयो, त्योभन्दा पहिलेदेखि नै हामी त्यही ढंगले अगाडि बढ्दै थियाँै । एमालेको पाँचौँ महाधिवेशनबाट त्यो विचारलाई हामीले औपचारिक रूपमा अगाडि ल्यायौँ । यसको प्रमुख व्याख्याता र प्रवक्ता मदन भण्डारी रहनुभयो । त्यही विचारबाट निर्देशित हुँदै हामी यो ठाउँसम्म आएका छौँ । यसका केही आधारभूत तत्त्व पनि छन् । एउटा दार्शनिक मान्यतामा आधारित भएर सिद्धान्त र त्यसका केही राजनीतिक महत्त्व राख्ने तत्त्व पनि छन् । कतिपय तत्कालीन कार्यनीतिक महत्त्व राख्ने पक्ष पनि छन् । जस्तो, हिजो सूत्रबद्ध हँुदा संवैधानिक राजतन्त्र थियो, अहिले छैन । त्यसलाई हामीले समयअनुसार परिमार्जित गर्दै लैजानुपर्छ । त्यो मात्र सिद्धान्त हुनसक्छ, जसले वर्तमानको जिन्दगीलाई बाटो देखाउन सक्छ । अहिलेका राजनीतिक जटिलताको गाँठो फुकाउने हिसाबले जुन विचारले बाटो देखाउँछ, त्यो नै जीवनका लागि स्वीकार्य रहन सक्छ, दीर्घजीवी भइरहन सक्छ । त्यसकारण जनताको बहुदलीय जनवाद भनिरहका वेला यसको जडवत् ढंगले पक्षपोषण गरेको होइन, यसलाई गतिशीलतामा बुझ्नुपर्छ भन्न खोजेका हौँ । यसो गरेर मात्र जनताको बहुदलीय जनवादको सही पक्षपोषण हुनसक्छ । जनताको बहुदलीय जनवादको राजनीतिक विषयवस्तु त पूरा भइसक्यो नि होइन ? केही राजनीतिक–कार्यनीतिक महत्त्व राख्ने मुद्दा परिवर्तन भएका छन् । कतिपय पक्ष परिवर्तन भएका छन् । कार्यनीतिसँग गाँसिएका कतिपय कुरा परिवर्तन भइरहेका हुन्छन् । तर, सिद्धान्तको सारभूत कुराबाट निर्देशित हुने कुरालाई त्यसरी परिवर्तन भइरहने विषय मान्नु हुन्न । समाजको शान्तिपूर्ण परिवर्तन गर्ने, योग्यता र क्षमताका आधारमा श्रेष्ठता हासिल गर्न पाउनुपर्छ, प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गर्नुपर्छ भन्नेजस्ता कुरालाई हामीले कसरी बदल्न सक्छौँ । जहाँसम्म विकाससँग सम्बन्धित कुरा छ, विकास त अनन्त कालसम्म चलिरहन्छ । प्रस्तुति : प्रेम गौतम /नयाँ पत्रिका दैनिकबाट |