कभर फोटो

धुनिबेसीमा सडक निर्माण कम्पनीको चरम लापरवाही ,घातक फोहोर सिधै खोलामा

By Dhading News

July 31, 2024

धुनिबेसी, १६ साउन २०८१ । धादिङको नौविसे -नागढुंगा सडक स्तरोन्नतीको क्रममा निस्किएका विभिन्न किसिमका केमिकल मिसिएका फोहोरहरु निर्माण कम्पनीले सिधै नौविसे खोलामा फ्याँकिदिने गरेको छ । निर्माण कम्पनीको यस्तो लापरवाहीका कारण नौविसेखोलाको पानी प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।

सडक आयोजनाको लागि सञ्चालन गरिएको व्याचिङ प्लान्टबाट निस्किएको कालो लेदो पदार्थ र टिपरमा हालेर सिधै खोलामा फ्याँक्ने गरेको स्थानीयवासीले धादिङ न्यूजलाई जानकारी दिए ।

नौविसे नागढुंगा सडक स्तरोन्नतीको काम सगुन कन्सट्रक्शनले गरिरहेको छ । निर्माण कम्पनीको लापरवाहीका कारण खोला संधैभरी हिलाम्मे हुने गरेको छ । यसरी सिधै खोलामा फोहोर फ्याक्दा बाताबरणिय प्रदुषण बढ्नुका साथै खोलाको पानी प्रयोग गर्नै नसकिने भएको गाउँबासीको भनाई छ ।

खोलामा प्रदुषण भएका कारण बस्तुभाउलाई पानी खुवाउन र खेतीवालीमा लगाउन समेत नसकिने भएकोले खोलामा सिधै फोहोर नफालि त्यस्को उचित व्यवस्थापन गर्न निर्माण कम्पनीलाई आग्रह गर्दा वेवास्ता गरिरहेको धुनिबेसी नगरपालिका वडा नम्बर ९ का वडा सदस्य बिक्रम जंग रानाले वताउनु भयो ।