कभर फोटो

एमाले धादिङको इन्चार्जमा डा.खेम लोहनी,देवप्रसाद त्रिपाठी केन्द्रिय सल्लाहकार परिषद सदस्य

By Dhading News

August 01, 2024

धादिङ, १७ साउन, २०८१ । नेकपा एमाले धादिङको इन्चार्जमा डा.खेम लोहनी चयन हुनुभएको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले इन्चार्जमा डा.लोहनीलाई चयन गरेको हो। यस अघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यस्लाई परिवर्तन गर्दे अहिले भूगोलका आधारमा डा. लोहनीलाई धादिङको इन्चार्जको जिम्मेवारी दिएको हो ।  लोहनी यस अघि सिन्धुली जिल्लाको इन्चार्ज हुनुहुन्थ्यो ।

जिल्लाका अर्का केन्द्रिय सदस्य जानुका सिम्खडालाई धादिङ क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी दिएको छ भनो धादिङका पुराना कम्युनिष्ट नेता देवप्रसाद त्रिपाठीलाई पार्टीले केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा चयन गरेको छ ।