धादिङ – पूर्वी नवलपरासीको अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।
धादिङको गल्छी गाउँपालिका–४ सुवारा खाेला निवासी २२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरझुला पोस्टमा कार्यरत थिए । आत्महत्याको कारण भने खुलेको छैन ।मिजार अढाई बर्ष देखि नेपाली सेनामा कार्यरत थिए ।