कभर फोटो

धादिङबेशीबाट हराईरहेका तीन जना बालिका बाग्लुङमा सकुशल भेटिए

By Dhading News

August 12, 2024

धादिङ२८ साउन,२०८१ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीबाट हराईरहेका तीन जना बालिका बाग्लुङमा सकुशल भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नीलकण्ठ बालमन्दिर मावि धादिङबेशीको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ साउन २३ गते बुधबार बिहान १० बजे विद्यालय जान भनेर घरबाट निस्केपनि बिद्यालय समेत नगई हराईरहेका थिए ।

एकै उमेर समूहका तीन जना बालिका एकै साथ हराएपछि प्रहरीले खोजतलास कार्यलाई तिव्र पारेको थियो । खोजीकै क्रममा बाग्लुङ प्रहरीले ३ जना बालिका भेटेपछि सो बारेमा जिल्ला प्रहरी कार्यालय धादिङलाई जानकारी दिएको हो । भेटिएका बालिका वाग्लुङ प्रहरीको निगरानमिा रहेको र वालिकाका अभिभावक पुगेपछि आवश्यक प्रकृया पुरा गरी फिर्ता पठाईने र उनिहरुलाई त्यहाँ सम्म लैजाने व्यक्तिका बारेमा प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको जानकारी दिएको छ । बिद्यालय पोशााकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नपुगि धादिङबेशी बीचबजारमा सपिङ र ब्युटिपार्लर गएर मेकअप गरी नयाँ गेटअपमा हिंडेकोे बजारको सिसिटिभि फुटेजबाट देखिएपछि उनिहरु कसैको ललाई फकाईमा फसेको अनुमान गरिएको थियो । बेपत्ता बालिकाहरु तीनै जना धादिङबेशीमा आफ्नै परिवारसँग बस्दै आएका थिए ।