हाम्रो पालिका

सुन चोर सोमवहादुर पुगे प्रहरीको खोरमा

By Dhadingnews.com

September 19, 2013

धादिङ,३ असोज/ धादिङ जिल्लाको सेमजोङ गाविस वडा नं १ की ३० बर्षीय विष्णु माया तामाङको शरिरमा रहेको सुन चोरी गरी फरार रहेका २० बर्षीय सुमन भन्ने सोमबहादुर तामाङलाई विहीवार जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको छ । गएको भाद्र १२ गते सेमजोङ की ३० बर्षिया विष्णुमाया तामाङ घरमा सुतिरहेको अबस्थामा निज सोमबहादुर सहित नुवाकोट सामरी ३ का काले तामाङ र साइला तामाङले घरको ढोका फोरी डेढ तोलाको अन्दाजी ९६ हजार मुल्य पर्ने सुनका गहना चोरी फरार रहेका थिए । फरार रहेका मध्ये सुमन भन्ने सोमवहादुर पक्राउ परेपनि अन्य आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिंहले वताएका छन ।