कभर फोटो

भौतिक पूर्वाधारमा धादिङको ज्वालामुखी एक नम्बरमा गजुरी सबैभन्दा पछाडि

By Dhading News

August 28, 2024

१२ भदौ बुधबार, २०८१ ।

धादिङ ।  स्वमुल्यांकनबाट गरिएको मापन अनुसार धादिङको ज्वालामुखी गाउँपालिका भौतिक पूर्वाधारमा जिल्लामै पहिलो भएको छ । ज्वालामुखी गाउँपालिकाले भौतिक पूर्वाधारमा १०.२५ अंक ल्याएको छ ।

भदौ ६ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजाअनुसार ज्वालामुखी गाउँपालिका भौतिक पूर्वाधारमा जिल्लामै पहिलो भएको हो ।

सो नतिजा अनुसार नीलकण्ठ नगरपालिका र वेनिघाटरोराङले १०.५ नम्बर ल्याएका छन भने त्रिपुरासुन्दरी गाउँपालिका ८.७५,धुनिबेशी नगरपालिका ८.२५,गल्छी ८.५,सिद्धलेक र खनियावास ८/८, थांक्रे ७.२५, गंगाजमुना ७.५, नेत्रावतीले ७ ,रुवीभ्यालीले २.५ र गजुरीले २ अंक ल्याएका छन् ।